काठमाडौं, भक्तपुरका एक व्यक्तिले ३०० रुपैयाँको चिउरा खरिद गर्दा १० लाख रुपैयाँको उपहार जितेका छन्।
आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरको सूर्यविनायक–४ निवासी राम श्रेष्ठले १० लाख रुपैयाँ जितेका हुन्। श्रेष्ठले ३०० रुपैयाँको चिउरा खरिद गर्दा प्राप्त बिलका आधारमा उक्त उपहार जितेका हुन्।
विभागका अनुसार कात्तिक १६ देखि ३० गतेसम्म भएको कारोबारबाट श्रेष्ठ विजेता छनोट भएका हुन्।