प्रधानमन्त्री ओली स्वदेश फिर्ता

HTV Khabar १४ अशोज २०८१, सोमबार ०६:११ मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन्। अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली सोमवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।

उनी संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका थिए। प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए। न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए।