काठमाडौं, लामो समयदेखि शिक्षा, खेलकुद, मानवअधिकार र समाजसेवाका क्षेत्रमा आफूलाई समर्पित गर्दै आएका स्वच्छ छवि भएका झनक बहादुर (दीपक) अधिकारी काठमाडौं -४ मा उज्यालो नेपाल पार्टीबाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फबाट उम्मेद्वार बनेका छन्।
अधिकारी लामो समयदेखि कपन क्षेत्रमा शिक्षाको ज्योति छर्दै र प्रतिष्ठा कमाउन सफल जोसेफ हाईस्कुलका सहायक प्राचार्य हुन्। कपन क्षेत्रमा विद्यालयको अभावको समयमा विद्यालय स्थापना गरेर शिक्षाको विकासमा उनले गरेको योगदान अतुलनीय रहेकोे छ।
त्यस्तै विश्वमा नै मानवअधिकार संरक्षणका लागि स्थापित एमनेस्टी ईन्टरनेशनलको सदस्य भएर विद्यालयका विद्यार्थीहरु माझ मानवअधिकारको परिचय र आवश्यकतालाई प्रष्ट्याउँदै विद्यालयदेखि समाजको दैलो दैलोसम्म पुर्याउन पनि उनको महत्त्वपूर्ण भूमिका रहेको छ।
कपन जेसिजको अध्यक्ष भएर समाजका बरालिएर हिंड्ने उमेरका युवाहरूलाई सचेत बनाई समाजसेवाको बाटोमा डोहोराउने अत्यन्तै उदाहरणीय काम गरेका अधिकारीले समाजसेवाका सयौं उल्लेखनीय कार्यहरू सम्पन्न गरेका छन्।
"अनुशासित युवा राष्ट्र विकासको आधार" भन्ने मूलमन्त्र बोकेर खेलकुदको विकासमा होमिएका युवा दीपक अधिकारी युवाहरू माझ अत्यन्तै प्रिय रहेका छन्। खेलकुदलाई विद्यालयस्तरबाटनै विकास गरि युवाहरूलाई अनुशासनमा बाँधेर देशको योग्य नागरिक बनाउने अभिप्रायले विद्यालय रग्वी आयोगको स्थापना गरेर देशैभर विस्तार गर्न सफल अधिकारी हाल नेपाल रग्वी संघका कोषाध्यक्ष हुन्।
नेपालका पुराना राजनैतिक दलहरू बेथिति र भ्रष्टाचारको दलदलमा फसेर देशलाई नेपोबेबी ट्रेण्डमा लगेर कुशासनको जालोले घेरेर राखेको कारण जेन जी आन्दोलन भएको भन्दै काठमाडौं -४ का युवाहरू दीपक अधिकारीलाई आफ्नो अमूल्य मत दिएर विजयी गराउने निष्कर्षमा पुगेका देखिन्छन्।
उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बिजुलीको चिममा मतदान गरेर अधिकारीलाई विजयी बनाउने युवाहरूको चाहना पुरा हुने देखिन्छ।