पैदलयात्रुलाई कारबाट ओर्लेर कुट्ने पारस बम पक्राउ

HTV Khabar ४ फाल्गुन २०८२, मङ्गलबार ०६:३३ मा प्रकाशित

काठमाडौं,  पैदलयात्रुलाई कारबाट ओर्लेर मुक्का हान्ने व्यक्ति पक्राउ परेका छन्। प्रहरीले कार चालक पारस बमलाई पक्राउ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बताए। बमले चप्पल कारखाना अगाडि एक पैदलयात्रुलाई मुक्का हानेका थिए।

पैदलयात्रुलाई मुक्का हानेको भिडियो मंगलवार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ। कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उपत्यका ट्राफिक प्रहरीलाई भिडियो मेन्सन गर्दै कडा कारबाहीको माग गरेपछि प्रहरीले अनुसन्धान गरेको थियो। धेरैले कार चालकलाई दानवको संज्ञा दिएका छन्। भिडियोमा एक महिलाले पनि पैदलयात्रुलाई गाली गरिरहेको सुनिन्छ।