लागूऔषधसहित दुईजना पक्राउ

HTV Khabar ७ कार्तिक २०८१, बुधवार ०८:५२ मा प्रकाशित

काठमाडौं,  लागूऔषधसहित पोखराबाट दुईजना पक्राउ पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका-५ का ३० वर्षीय बल बहादुर विश्वकर्मा र धौलागिरी गाउँपालिका-४ का ३५ वर्षीय नर कुमारी घर्ती रहेका छन्।

घर्तीले टोपीमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध डाईजापाम ३१ एम्पुल, फेनेरागन ३१ एम्पुल र नुर्फिन ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पोखरा महानगरपालिका(२५ हेम्जामा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गरेको थियो।

सोही क्रममा ग २५ प ६५८८ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने बेला उनीहरूको साथबाट लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। उनीहरुमाथि कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।