काठमाडौं, गृहमन्त्रालयले मातहतका ४ सहसचिव र ३ उपसचिवको सरुवा/पदस्थापन गरेको छ। चैत २२ गतेको निर्णयअनुसार मन्त्रालयले प्रकाश पौडेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ।
यस्तै डा. डिजन भट्राईलाई जिल्ला प्रशासन कार्यालय बैतडीको प्रमुख जिल्ला अधिकारीकका रुपमा पदस्थापन गरेको छ। खडानन्द अधिकारीलाई जाजरकोट प्रशानमा पदस्थापन गरेको छ।
कसूरजन्य सम्पति व्यवस्थापनका महानिर्देशक सुमन घुमिरेलाई गृहमन्त्रालयमा सरुवा गरेको छ भने जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेललाई इलाममा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
यस्तै बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापालाई पर्सा र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीलाई संखुवासभाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।