काठमाडौं, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजनामा ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यालयको सभाहलमा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेबाट विभिन्न संचार माध्यमहरुमा आबद्ध संचारकर्मीहरुसँग परिचयात्मक, ट्राफिक व्यवस्थापन क्षेत्रमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरु तथा विभिन्न संचार माध्यमहरुमा आबद्ध संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।