काठमाडौं, काठमाडौं महानगरपालिका–७ स्थित कालोपुलमा २० वर्षीय युवक मृत भेटिएका छन्। कालोपुलमा डेरामा बस्ने २० वर्षीय प्रेम महत दर्जी मृत अवस्थामा भेटिएका हुन्।
घटना अनुसन्धानको लागि उनकी पत्नी २४ वर्षीय उषा नेपाली र अर्का युवक २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
मृतक कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा डेरा लिएर बस्दै आएका थिए। उनी ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका स्थानीय हुन। पक्राउ परेका युवक एउटै गाउँका हुन्।
युवकको हत्याको आशंकामा दुईजनालाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए। चोट लागेको र झुण्डीएको अवस्थामा भेटिएको दर्जीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।