धरानमा १४२० किलो गाँजा बरामद

HTV Khabar ६ भाद्र २०८१, बिहीबार ०२:०६ मा प्रकाशित

काठमाडौं, प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ।धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार आज बिहान करिब ९ बजे मुला लोड भएको को१ख ४७३३ ट्रक गाँजा फेला परेको हो। बरामद भएको गाँजा ४४ बोरा छ। गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपलिका-७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीदभूमी गाउँपालिका-७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले ज जानकारी दिएको छ।

प्रहरीका अनुसार बरामद भएको गाँजा भारत पठाउनका लागि ल्याइएको हो। धनकुटाको छिन्ताङ आसपास व्यवसायिक गाँजाको खेती हुन्छ। धनकुटाबाट ल्याएर मोरङ सुनसरीको सीमावर्ती क्षेत्रमा स्टोर गरेर राख्ने र रातको समयमा भारततर्फ निकासी हुने गरेको प्रहरीले बताएको छ।

गाँजा भारत पुर्‍याएपछि प्रतिकेजी २० हजार रुपैयाँभन्दा माथि पर्छ । गाँजा ओसारपसार गर्ने भरियाले प्रतिकलो दुई हजार रुपैयाँ पाउने प्रहरीले बताएको छ ।