काठमाडौं, नेपाल प्रहरीमा दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।
बुधवार बसेको बढुवा समितिको बैठकले कुबेर कडायत र रबिन्द्र केसीलाई एआईजी बढुवा गर्न सिफारिस गरेको हो। कडायत नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने केसी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्सालमा कार्यरत रहेका छन्।