११ किलो गाँजासहित सर्लाहीबाट दुईजना पक्राउ

HTV Khabar २ मंगशिर २०८१, आइतबार ०१:५० मा प्रकाशित

काठमाडौं, सर्लाही प्रहरीले ११ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सर्लाहीका सागर लामा र सिन्धुलीका दुप्सन थिङ रहेका छन्।

इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायव निरीक्षक अमेन्द्र राय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले बरहथवा नगरपालिका–१६, गंगापुरस्थित बागमती नहरको बाटो हुँदै उत्तरबाट दक्षिणतर्फ गइरहेको बा.प्र.०२–०२१ प २४४४ नम्बरको मोटरसाइकल जाँच गर्दा प्रतिबन्धित लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरिएको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुले बोकेको कालो झोलाबाट ११ किलोग्राम गाँजा बरामद भएको छ। पक्राउ परेका दुवै जनालाई सर्लाही जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ।