काठमाडौं, काठमाडौंको माछापोखरीस्थित फ्लोरिडा डान्सबार एण्ड रेष्टुरेन्टका सञ्चालक सरद तामाङसहित तीनजना लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।
उनीहरूले ग्राहकबाट अनुचित रकम असुल गर्ने, रकम नदिएमा कुटपिट गर्ने र ज्यान लिने धम्की दिने गुनासो आएको थियो। सोही सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रवर सो रेष्टुरेन्टमा छापा मारेको थियो।
त्यस क्रममा प्रहरीले रेष्टुरेन्टका सञ्चालक तामाङ र उनका दुई सहयोगी कृष्ण तामाङ र अजय तामाङलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जना काभ्रेपलाञ्चोक जिल्लाका बासिन्दा हुन्। उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको छ।