शैलुङ पहिरो अपडेट : २ जनाको मृत्यु, ८ जना वेपत्ता

HTV Khabar ९ भाद्र २०८१, आइतबार ०९:२४ मा प्रकाशित

दोलख,  रामेछापको पश्चिमी दोरम्बा शैलुङ गाउँपालिका-३ मा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ। पहिरोमा परेर ८ जना वेपत्ता भएका छन्। पहिरोमा परेका एकजना बालकले भने भागेर ज्यान जोगाएका छन्। पहिरोमा परेर मृत्यु भएका २ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा एक जना बालक रहेका छन्। अर्का एक जनाको पहिचान खुलेको छैन्। शनिवार राती भिषण बर्षापछि आएको पहिरोमा टोकरपुर लेकखर्कको ४ वटा घर बगाएको प्रारम्भिक जानकारी आएको रामेछापका प्रहरी नायव उपरिक्षक प्रदिपकुमार सिंहले जानकारी दिए।

पहिरोले गाउँपालिको २ र ३ नं वडा जोडने ढाईगाँउ खोलाको पक्की पुल बगाएको छ। पहिरो गएको गाउँ जाने बाटो वर्षाले क्षति गरेकाले उद्धारमा कठिनाई भएको सिंहले बताए। उद्धारका लागि प्रहरी पहिरो गएको गाउँ पुगिसकेको छ। पहिरोले गरेको क्षतिका बारेमा थप विवरण आउन बाँकी छ।