क्यानडा पठाइदिने भन्दै ८४ लाख ठगी, पुरुषोत्तम भण्डारी पक्राउ

HTV Khabar १४ श्रावण २०८१, सोमबार ०५:४८ मा प्रकाशित

काठमाडौं, क्यानडा पठाइदिने प्रलोभन देखाएर सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–९ घर भइ हाल ललितपुरको चाङथली बस्ने वर्ष २३ को पुरुषोत्तम भण्डारी रहेका छन्। उनले सामाजिक सञ्जाल, इन्स्टाग्राम, एप्सको दुरुपयोग गरी ठगी गरेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खातामा पटक पटक गरि ८४ लाख १५ हजार ६२५ रुपैयाँ रकम पठाउन लगाई ठगी गरेको आरोप छ।

भण्डारीलाई साउन ११ गते कोटेश्वरबाट पक्राउ गरिएको बताइएको छ। उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।