जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

HTV Khabar १५ अशोज २०८१, मङ्गलबार १२:५६ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित निरज दरबार होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटेलका संचालक दोलखा जिरी नगरपालिका-५ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ४९ वर्षीय अमृत बहादुर कार्की समेत ७ जनालाई सोमवार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ४ सय ६५ रूपैयाँ सहित पक्राउ गरेको हो।