ग्वार्कोस्थित राधाकृष्ण मेडिकलमा प्रहरीको छापा, सञ्चालकसहित दुईजना नियन्त्रणमा

HTV Khabar २ पौष २०८१, मङ्गलबार ०६:१९ मा प्रकाशित

काठमाडौं, ललितपुरको ग्वार्कोस्थित प्रभात माध्यमिक विद्यालयको भवनमा सञ्चालित मेडिकलमा प्रहरीले छापा मारेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राधाकृष्ण मेडिकल हलमा छापा मारेको हो। मेडिकलबाट प्रतिबन्धित औषधी सहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए।

पक्राउ पर्नेमा मेडिकल सञ्चालक सप्तरीको बोदे बसाइन नगरपालिका–३ घर भएका ५१ वर्षीय उमेश प्रसाद यादव र सर्लाहीको पर्सा गाउँपालिका घर भएका २४ वर्षीय धीरेन्द्र कुमार यादव छन्।

मेडिकलबाट प्रतिबन्धित औषधी प्रिगलिन १ हजार ७१५ ट्याब्लेट, डिकोलिक १ हजार ८४० ट्याब्लेट र एन्टिकफ १ हजार १४० ट्याब्लेट प्रहरीले बरामद गरेको छ।