बरहथवामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

HTV Khabar ६ असार २०८१, बुधवार ०२:३३ मा प्रकाशित

काठमाडौं,  सर्लाहीको बरहथवामा हत्यागरी फालिएको एक महिलाको शव फेला परेको छ। बरहथवा नगरपालिका–१२, लौकठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या गरी फालिएको शव खेतमा फेला परेको हो।

महतोको घरबाट करिa डेढ किलोमिटर टाढा कमल रायको खेतमा शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।मृतक महिलाको अनुहार र घाँटीमा निलडाम देखिएको छ।

प्रहरीले घटनालगत्तै मृतक महिलाका श्रीमान् ३८ वर्षीय शंकर महतो र कान्छी श्रीमती वर्षीया सजनीदेवी महतोलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।