- गृहपृष्ठ
- नेपाली सेनामा ४० चिकित्सक सहित ५३ जना स्वास्थ्यकर्मी स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान
नेपाली सेनामा ४० चिकित्सक सहित ५३ जना स्वास्थ्यकर्मी स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान
HTV Khabar
३० कार्तिक २०८१, शुक्रबार १०:०२ मा प्रकाशित
काठमाडौं, नेपाली सेनाले एमबीबीएस, बीडीएस, नर्सिङ तथा स्वास्थ्य प्राविधिक गरी कुल ५३ जना स्वास्थ्यकर्मीहरुलाई स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।
शुक्रवार सूचना जारी गर्दै सेनाले रिक्त पदमा ४० जना एमबीबीएस चिकित्सक, दन्त चिकित्सक (बीडीएस) ३ जना र नर्सिङ अधिकृत ३ जना लगायत स्वास्थ्यका विविध समूहमा अरु ७ जनाका लागि दरखास्त माग गरेको छ।
दरखास्त दिने अन्तिम मिति मंसिर २९ गतेसम्म रहेको छ।
