काठमाडौं, नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली नागरिकता प्राप्त एनआरएनहरुलाई नेपालमा हवाई यात्रा गर्दा नेपाली नागरिक सरह शुल्क तोक्न माग गरेका छन्।
शुक्रवार प्रतिनिधि सभामा बजेट विनियोजन सम्बन्धी छलफलमा भाग लिंदै सांसद गिरीले संविधान बमोजिम गैर आवासीय नेपाली नागरिकता दिइ सके पछि भेदभाव गर्न नहुने बताए। "एनआरएन नागरिकता वाहक गैर आवासीय नेपालीलाई नेपाल भित्र हवाई यात्रा गर्दा नेपाली सरह भाडा तोक्न म माग गर्दछु।"
हाल सम्म हजारौं एनआरएनहरुले नेपाली नागरिकता लिइ सकेको अनुमान गरिएको छ।