काठमाडौं, छोरीको हत्या गरी खोलामा फालेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ।
२३ महिनाकी आफ्नी छोरी पृन्सिका भन्डारीको हत्या गरी ललितपुरस्थित ठोस्ने खोलामा फालेको आरोपमा २१ वर्षीया प्रमिला भन्डारीलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रमिलाले आफ्नी छोरी पृन्सिकालाई कुटपिट गरेर बेहोस भएपछि खोलामा फालेको खुलेको छ।
साउन २७ गते कुटपिट गरेर खोलामा फेलेपछि उनले खोजीका लागि प्रहरीमा निवेदन दिएकी थिइन्। साउन २८ गते पृन्सिका ठोस्ने खोलामा रुखको हाँगामा अड्किएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।
प्रमिलालाई सोमवार पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा उजुरी दर्ता गरी ललितपुर जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।