प्रहरी हिरासतमा थुनुवाको आत्महत्या

HTV Khabar २२ कार्तिक २०८१, बिहीबार ०४:४८ मा प्रकाशित

काठमाडौं,  प्रहरी हिरासतमा रहेका एक युवा मृत फेला परेका छन्। ईलाका प्रहरी कार्यालय गणेशपुरको थुनुवा कक्षमा रहेका विजयनगर गाउँपालिका-५, ठकुरापुरका २३ वर्षीय नसरुद्दिन खाले आत्महत्या गरेका हुन्।

मङ्गलवार बिहान साढे ५ बजेतिर शौचालय गएका उनी फलामको सरियामा लामो रुमाल (तौलिया)को पासो बनाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

उनी जबर्जस्ती करणी मुद्दामा गत कात्तिक १५ गते पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए। तिहार बिदा रहेकाले अदालतको सहमति लिएर उनलाई पक्राउ गरिएको थियो।

उनलाई अदालतबाट म्याद थप गर्न ल्याउने प्रक्रिया हुँदा घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवको पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ।