लागू औषधसहित सुस्मिता परियार पक्राउ

HTV Khabar ११ भाद्र २०८१, मङ्गलबार ०९:१९ मा प्रकाशित

काठमाडौं, प्रहरीले वीरगन्जबाट एक महिलालाई लागू औषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा महानगरपालिका–११ भर्‍याङ टोलकी २३ वर्षीया सुस्मिता परियार छिन्। उनलाई शनिवार साँझ नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगन्ज भन्सार गेटबाट पक्राउ गरेको हो।

शंकास्पद अवस्थामा भारतको रक्सौलबाट वीरगन्ज तर्फ पैदल आउँदै गरेकी परियारलाई प्रहरीले रोकी खानतलासी गर्दा उनले तीघ्रामा सेतो टेपले बेरी लुकाईछिपाई राखेको अवस्थामा विभिन्न प्रकारका प्रतिबन्धित लागू औषध फेला परेका थिए। उनको साथबाट नुफिन –१० एम्पलु, फेनारगेन –१० एम्पलु र डाइेजपाम–१० एम्पुल फेला परेको थियो।

उनीविरुद्ध लागू औषधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी आवश्यक अनसन्धान कार्य भइरहेको पर्सा प्रहरीको प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए।