काठमाडौं, नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षकको सरुवा भएको छ। गृह मन्त्रालयले डीआईजी जनक भट्टराई र अर्जुन चन्द ठकुरीको सरुवा गरेको हो।
स्रोतका अनुसार भट्टराईलाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ भने ठकुरीलाई अपराध अनुसन्धान विभाग नक्सालमा पठाइएको छ।डीआईजी ठकुरी मदिरा पिएर होहल्ला गरेपछि विवादमा तानिएका थिए।
मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा डीआईजी ठकुरीलाई हेडक्वाटर तानिएको बताइएको छ। उनी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए। उनको स्थानमा डीआईजी भट्टराईलाई पठाइएको छ।