काठमाडौं, शंकरदेव क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपाध्यक्ष प्रेम माझीमाथि आक्रमण गर्ने रविन शाही पक्राउ पक्राउ परेका छन्।।
मंगलवार राति ८ बजे क्याम्पस परिसरभित्रै माझीमाथि आक्रमण भएको भन्दै स्ववियुले घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ।
आक्रमणबाट माझीको टाउको फुटेको र अहिले उनको उपचार अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा भइरहेको छ।
अनेरास्ववियु एकाइ अध्यक्ष बालकृष्ण खड्काले आक्रमणमा संलग्न रविन शाही पक्राउ परेको जानकारी दिए। खड्काले भने, ‘साढे सात बजेसम्म हाम्रो पढाइ हुन्छ। तर बेलुका गार्ड हुँदैनन्। त्यसले जोखिम बढ्दै गइरहेको छ।’