दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ

HTV Khabar २९ कार्तिक २०८१, बिहीबार १०:१० मा प्रकाशित

काठमाडौं,  दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन्। उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका एसएसपी विनोद घिमिरेले बताए।

भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको गाडीले शंकरापुरमा बागमतीप्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए।

भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो।ठक्करबाट मोटसाइकल चालकको नगरकोटीको मृत्यु भएको छ। मोटरसाइलको पछाडि बसेकी उनकी श्रमती किसानुमाया नगरकोटी भने घाइते छिन्। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।