काठमाडौं, झापाको दमकमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। दमक नगरपालिका– ३ मा जग्गा सम्बन्धी विवाद हुँदा दमक ९ निवासी ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
झडपमा परी गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरीका इन्स्पेक्टर रामभक्त आचार्यले जानकारी दिए।
घटना हिजो दिउँसो ४ बजे भएको उनले जानकारी बताए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ। जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिए।