आज भगवान् सूर्यको पूजा आराधना गरिँदै

HTV Khabar ७ पौष २०८१, आइतबार १०:१३ मा प्रकाशित

काठमाडौं, पुस महिनाको पहिलो आईतवार आज भगवान् सूर्यको पूजा आराधना गरिँदैछ।वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ। आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ।

यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ।

सूर्य भगवान्‌लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ। पुस महिनाका सूर्यको नाम विष्णु हो। विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ।