सेनाका क्याप्टेन दुई सातादेखि थुनामा

HTV Khabar ७ जेठ २०८१, सोमबार ०९:२० मा प्रकाशित

काठमाडौं, अनियमितासम्बन्धि छानविनका लागि नेपाली सेनाका एक अधिकृत दुई सातादेखि थुनामा छन्।


क्याप्टेन महेश कोइरालालाई सैनिक प्रहरीले थुनामा राखेको हो। क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको उजुरी परेको थियो।


जसमा प्रमाण भेटिएपछि उनलाई सैनिक प्रहरीले पक्राउ नै गरी थुनामा राखेको जंगी अड्डा स्रोत बताउँछ। यो अनियमिततामा सेनाका अन्य अधिकृतहरू समेत तानिने स्रोत बताउँछ।