काठमाडौं, सिन्धुपाल्चोकमा सुक्खा पहिरो झरेका कारण इन्द्रावती नदी थुनिएको छ।
जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ तिपेनी बजारस्थित पाँचपोखरी प्राथमिक अस्पताल नजिकै आएको सुख्खा पहिरोका कारण इन्द्रावती नदीको केही भाग थुनिएको हो।
सुक्खा पहिरोका कारण त्यस क्षेत्रका स्थानीय जोखिममा परेको प्रहरीले जनाएको छ। जोखिममा परेका स्थानीयहरु र अस्पतालका सामग्रीहरु अहिले सुरक्षित स्थानमा लैजाँदै गरिएको छ।
नदी थुनिएको र एक्कासी खोलिएमा बाढी आउन सक्ने हुँदा पाँचपोखरी, थाङपाल, मेलम्ची, इन्द्रावती लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।