काठमाडौं, नेपाल प्रहरीमा ३० वर्षे सेवाहद थमौती भएपछि सशस्त्र प्रहरी बलका अधिकारीहरु समेत सर्वोच्च अदालत पुगेका छन्। १६ भदौदेखि अवकाश पाउन लागेका डिआइजीसहितका अधिकारीले आइतबार रिट दर्ता गराएका हुन्।
डीआईजीहरु अभिकुमार खत्री, दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र दीपेन्द्र गिरीले रिट दायर गरेका हुन्।
मंगलवारका लागि उनीहरुको पेशी तोकिएको छ। गत विहिवार नेपाल प्रहरीमा सेवाहदका आधारमा अवकाश नदिन सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। सोही आधारमा उनीहरु जागिर लम्बिने आशमा सर्वोच्च गएका हुन्।सशस्त्रमा ३० वर्षे सेवाहद हटेमा बढुवाको जाम झनै बढ्ने र संगठन अस्तव्यस्त हुने जोखिम छ।