पोखरामा २२ विद्यार्थी सवार स्कुल बस पल्टियो

HTV Khabar १४ श्रावण २०८१, सोमबार १०:३२ मा प्रकाशित

काठमाडौं,  पोखराको छोरेपाटन पारी सोमवार बिहान स्कुल बस दुर्घटना भएको छ। मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो।

विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बस फुर्सेखोलाको घुम्तीमा दुर्घटना भएको बताइएको छ। कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माका अनुसार बसमा २२ विद्यार्थी, चालक र सहचालक गरि २४ जना सवार थिए।

विद्यार्थी लिएर आउँदै गरेको ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ। घाइते विद्यार्थीेको उद्धार भइरहेको छ। घटनाको विस्तृत विवरण आएको छैन्।