मानापाथी हिमालमा हिमपहिरो: ९ घरपरिवार सुरक्षित स्थानमा सारियो

HTV Khabar ७ भाद्र २०८१, शुक्रबार ०५:३७ मा प्रकाशित

काठमाडौं,  धौलागिरि हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

शुक्रवार दिउँसो गएको हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले बताए। ‘सुरक्षा सतकर्ता अपनाउन भनेका छौं।

जोखिमपूर्ण ठाउँका ९ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले भने ।अहिले भने हिमपहिरोले थुनिएको बोक्सीखोलामा पानी बग्न थालेको डीएसपी पाण्डेयले बताए।

‘अहिले पानीको बहाबले आफ्नो गति लिन थालेको छ। यसअघि थुनिएको खोलामा पानी बग्न थालेको छ। त्यसकारण त्यति जोखिम हुने देखिँदैन’, उनले भने। बोक्सीखोलाका पानी कालीगण्डकी नदीमा गएर मिसिन्छ।