काठमाडौं, पश्चिम नवलपरासीको रामग्राम बाट प्रहरीले लागुऔषधसहित दुई जना युवालाई पक्राउ गरेको छ। रामग्राम नगरपालिका वडा नम्बर ४ मा लु ४५ प ९०९८ नम्बरको मोटरसाईकल खानतलासी गर्दा लागु औषध फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेमा सुनवल नगरपालिका , ३ का ३८ वर्षका केशब श्रेष्ठ र प्रशान्त गुरुङ्ग रहेका छन्। उनीहरुको साथबाट नाईट्रोभेट ३० ट्याब्लेट, स्पास्मो १ सय ८० क्याप्सुल , ओनोरेक्स २ बोटल र मोटरसाईकल बरामद भएको हो।
पक्राउ परेकालाई जिल्ला अदालत परासीमा मुद्दा दायर गरेर सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। साउन १ गते देखि भदौ ११ गते सम्म लागुऔषध सहित ११ जना व्यक्ति पक्राउ परेका छन् ।