नेपाल एयरलाइन्सका पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’

HTV Khabar २२ जेठ २०८१, मङ्गलबार ०४:५५ मा प्रकाशित

काठमाडौं, मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको जानकारी गराएको छ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले दुवै पाइलटलाई रोस्टरबाट हटाउनू भन्ने निर्देशन प्राधिकरणबाट आएको बताए। पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन्।