दुबईबाट आएका युवकले दुई छोरा भएकी महिलालाई भगाउन खोजेपछि…

HTV Khabar २ भाद्र २०८१, आइतबार ०९:३६ मा प्रकाशित

काठमाडौं,  धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी एक महिलालाई परिवारको जिम्मा लगाइएको छ।

शुक्रवार धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी कैलालीको लम्की चुहा नगरपालिका–८ की ३५ वर्षीया महिलालाई उनका श्रीमानको जिम्मा लगाइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी विमानस्थलमा दुबईमा बस्दै आएका युवकसँगै भाग्ने क्रममा पक्राउ परेकी महिलालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। ती महिलालाई युवकबाट छुटाएर उनका श्रीमानले बुझेर घर फिर्ता लगेको बताइएको छ। महिलाका घरमा दुई जना छोरा समेत छन्।

महिलालाई लैजान दुबईबाट धनगढी आएका सुनसरी घर भएका सुलेमान मनसुरीलाई भने जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ।

विवाहित महिलासँग सामाजिक सञ्जालबाट प्रेम सम्बन्धमा रहेका युवक मनसुरी महिलालाई भगाएर काठमाडौँ लैजाने क्रममा शुक्रवार महिलासहित धनगढी विमानस्थलबाट पक्राउ परेका थिए।