इन्सपेक्टर शाहीसहितको टोलीमाथि आक्रमण

HTV Khabar १० अशोज २०८१, बिहीबार १२:०८ मा प्रकाशित

काठमाडौं,  कञ्चनपुरमा नेपाल प्रहरीका एक इन्सपेक्टरसहितका कर्मचारीहरुमाथि आक्रमण भएको छ। गएराति जिल्लाको पुनर्वास क्षेत्रमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी इन्चार्ज तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) महेशविक्रम शाहीसहितको गस्ती टोलीमाथि आक्रमण भएको हो।

गस्तीमा गएको इन्सपेक्टर शाहीको टोली र खडखडे खेल्ने टोलीबीच विवाद भएपछि घटना घटेको बताइएको छ। घटनाका क्रममा नेपाल प्रहरीको भ्यान पनि तोडफोड गरिएको र शाहीसहित ५ जनालाई आक्रमणबाट सामान्य चोट लागेको बुझिएको छ।

स्रोतका अनुसार पुनर्वास नगरपालिका–७, च–गाउँमा ९ जना प्रहरीको टोली गस्तीमा गएको थियो। बुद्धबस्तीमा खडखडे खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा विवाद भएको हो। विवाद बढेपछि प्रहरी टोली पक्राउ गर्नबाट पछि हटेको बुझिएकाृ छ। प्रहरीले आक्रमणकारीको खोजीकार्य तीव्र पारेको छ।