इन्सपेक्टर बमविरुद्ध मानव अधिकार आयोगमा उजुरी

HTV Khabar २९ श्रावण २०८१, मङ्गलबार ०५:४४ मा प्रकाशित

काठमाडौं,  नेपाल प्रहरीका इन्सपेक्टर तिलकबहादुर बमविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।आन्दोलनकारीमाथि अत्याधिक बल प्रयोग गरेको आरोपमा उनीमाथि कारबाही माग गरिएको छ।

गत शनिवार नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङको पक्षमा माइतीघरमा भएको आन्दोलनमा इन्सपेक्टर बमले केही अभियान्ताहरुमाथि बल प्रयोग गरेका थिए।

सोम शर्मा लगायत केहीलाई भुईमा लडाएर मुक्काले हानेको भिडियो भाइरल भएको छ।भिड नियन्त्रणमा न्यूनतम बल प्रयोग गर्नुपर्नेमा नियन्त्रणमा लिएर कुटपिट भएपछि प्रहरी विवादमा परेको हो। इन्सपेक्टर बम नगर प्रहरीमा कार्यरत छन्।