वडाध्यक्ष ८० हजार घुससहित अख्तियारको फन्दामा

HTV Khabar ९ अशोज २०८१, बुधवार ११:४१ मा प्रकाशित

काठमाडौं,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुस रकमसहित पक्राउ गरेको छ।

सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष ओलीलाई आयोगको इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहान समेत पनि पक्राउ परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।