काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रोमानिया पठाइदिन्छु ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३९ वर्षीय मनिल कुमार लामा रहेका छन्। लामाले रोमानिया पठाइदिन्छु भन्दै १ जनाबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।
लामा पैसा लिएर सम्पर्कबिहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरबाटै पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।