काठमाडौं, कैलालीमा प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्लाको गोदावरी नगरपालिका वडा नं. १ मनेरामा रहेको पिके होटल एण्ड लजबाट उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो।
कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले होटल सञ्चालक सहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको बताइएको छ।
मालाखेती प्रहरीका अनुसार उक्त लजमा अनैतिक गतिविधि सञ्चालन भइरहेको बिशेष सुचनाका आधारमा छापा मारिएको थियो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।