काठमाडौं, नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ।
आईतवार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहका डा.सुन्दर प्रसाद ह्योजु र जनपद प्रहरी समूहतर्फका किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको बताइएको छ। डा.ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् भने राणा केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत रहेका छन्।