गाँजासहित भारतीय युवक पक्राउ

HTV Khabar २२ श्रावण २०८१, मङ्गलबार ०६:२७ मा प्रकाशित

काठमाडौं,  मकवानपुर प्रहरीले गाँजासहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक पोस्टका प्रहरीले आईतवार पथलैयातर्फ जाँदै गरेको कार चेकजाँचका क्रममा गाँजासहित उनलाई पक्राउ गरेका हुन्।

बीआर ०१ बीजे ८४८३ नम्बरको सेन्ट्रो कार रोकेर चेकजाँच गर्ने क्रममा लुकाइ छिपाइ ल्याएको २५ केजी ५ सय ग्राम गाँजासहित भारत, पटनाका २० वर्षीय आदित्य कुमारलाई नियन्त्रणमा लिइएको प्रहारीले जानकारी दिएको छ।

कारका विभिन्न भागमा फल्स बटम बनाएर प्लास्टिकको पाकेटमा गाँजा लुकाएर ल्याइएको थियो। गाँजा, कार र आदित्य कुमारलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।