आजदेखि सिस्नेरी–दक्षिणकाली बन्द

HTV Khabar ३ पौष २०८१, बुधवार १२:३० मा प्रकाशित

काठमाडौं, संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेश राजधानी जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा बुधवारदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएको सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएका छन्।

यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ।

सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।