प्रधान सेनापति सिग्देल भारत प्रस्थान, बलाध्यक्ष रथी केसीले गरे बिदाई

HTV Khabar २५ मंगशिर २०८१, मङ्गलबार ०६:२० मा प्रकाशित

काठमाडौं, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन्।

आज मङ्गलवार उनी भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गर्दा बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले बिदाई गरेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि गौरवकुमार केसीले जानकारी दिए। 

प्रधान सेनापति सिग्देल भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा भ्रमणमा भएका हुन्।

यसअघि मंसिर ५ गते पाँच दिने सेनाध्यक्ष द्विवेदी नेपाल ‍औपचारिक भ्रमणमा आएका थिए। मानार्थ महारथीको दर्जा ग्रहण गर्ने प्रचलन अनुसार उनी नेपाल आइपुगेका थिए।

भारतमा पनि नेपाली सेनाका प्रधान सेनापतिले मानार्थ महारथीको दर्जा दिने गरेको छ। उनले मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथी दर्जाको चिन्ह प्रदान गरेर मंसिर ९ गते फर्किएका थिए।