यौनधन्दामा संलग्न होटल सञ्चालकसहित पाँचजना पक्राउ

HTV Khabar ९ भाद्र २०८१, आइतबार १०:२९ मा प्रकाशित

काठमाडौं,  कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न पाँचजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया बजारस्थित विभिन्न होटलबाट अनैतिक क्रियाकलाप संलग्न पाँच जनालाई पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – १ स्थित सार्थक होटल र गोदावरी नगरपालिका – २ स्थित विजय होटलबाट ५ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा होटल सञ्चालक सहित ३ पुरुष र २ महिला रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको मालाखेती प्रहरीले जनाएको छ।