काठमाडौं, प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गरेका छन्।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा तालुक काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाण्डौबाट सरूवा भई गएका डिआईजी शर्माले आफ्नो कमान्ड सम्हालेका हुन्।
यस अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय परिसरभित्र वृक्षारोपण गरि बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको समग्र वस्तुस्थितिबारे जानकारी लिनुको साथै कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर तथा मातहत प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन समेत दिएका थिए।
निष्कलंकित प्रहरी अधिकारीको रूपमा परिचीत मिलनसार स्वभावका शर्माले "प्रहरी मेरो साथी" भन्ने नारालाई चरितार्थ बनाउँदै प्रदेश स्तरीय शान्ति सुरक्षालाई मजबुत बनाउन सफल रहने सबैले अपेक्षा गरेका छन्।