काठमाडौं, प्रहरीले काठमाडौंको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हेराइनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा गाउँपालिका-५ घर भई हाल काठमाडौं ९ बस्ने ३० वर्षीय एराजुल हक, इलाको फाकफोकथुङ -३ घर भई हाल काठमाडौं-९ बस्ने ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामको सूर्योदय नगरपालिका-३ घर भई काठमाडौं-९ बस्ने ४७ वर्षीय बोधचन्द्र नामचुङ रहेका छन्।
उनीहरूलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। उनका अनुसार उक्त नेपाली नक्कली नोट १ लाख ९५ हजार ५०० बराबरको बरामद गरेको हो।