नक्कली नोटसहित ठिमीबाट एक जना पक्राउ

HTV Khabar ३१ भाद्र २०८१, सोमबार ०३:१६ मा प्रकाशित
काठमाडौं,  नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाली एक हजार रुपैयाँका ११५ थान नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपल्चोकको सुनकोशी गाउँपालिका३ घर भै हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का रहेका छन्।

ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका-८ सौगलमा उनले भाडामा लिएको कोठाबाट एक हजार दरका ११५ थान नक्कली नोट र फोटोकपी मशिनसहित नियन्त्रणमा लिइएको हो। रोक्कालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।