ललितपुरको कुम्भेश्वरमा आगलागी

HTV Khabar ३ भाद्र २०८१, सोमबार ११:३८ मा प्रकाशित

काठमाडौं, ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ। आगलागी २५ जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार आगलागी भएका बेला घरमा कोही थिएनन्।

आज जात्राको दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो। त्यहीबेला ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए।