काठमाडौं, नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ।
विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत एक हजार तीन सय ७० जना कैदीबन्दी राख्ने क्षमताको भौतिक संरचना निर्माण सम्पन्न भएको छ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले यहाँ निर्माणकार्यको अनुगमन गरेसँगै अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको जनाइएको हो।
महानिर्देशक आचार्यले महिलाको लागि एक र पुरुषका लागि चार वटा ब्लकसहित संरचना निर्माणको काम पूरा भएकाले अब चाँडै कैदीबन्दी स्थानान्तरण गरिने बताए।